Toggle Menu
+
Search

ताजा अपडेट +

पपुलर +

नेपालको वलिङ चम्किएपछि ओमान ३९ रनले पराजित

सन्देश बस्नेत
२०७८ फाल्गुन ६, शुक्रबार १२:३२ गते
६ फागुन २०७८, शुक्रवार आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले ओमानमाथि ३९ रनको जित निकालेको छ । अल अमेरात क्रिकेट मैदानमा जारी खेलमा नेपालले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा नेपालले ओमानलाई ११८ रनको सामान्य लक्ष्य दिएको थियो । नेपालले दिएको सामान्य लक्ष्य पछ्याउने क्रममा ओमानले १७ ओभरमा ७८ रन बनाउँदै अलआउट हुनपुग्यो ।ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए । नेपालका लागि कमल सिंह ऐरीले सर्वाधिक तिन विकेट लिए । यस्तै, जितेन्द्र मुखिया, दिपेन्द्र सिंह ऐरी र कप्तान सन्दीप लामिछानेले समान दुई÷दुई तथा अभिनास बोहोराले एक विकेट लिए । नेपालका लागि आरिफ सेखले अविजित रहँदै सर्वाधिक ३८ रनको योगदान दिए । यस्तै कप्तान सन्दीप लामिछानेले पनि अविजित रहँदै ७ बलमा १६ रन बनाउन सफल भए । पूर्व कप्तान ज्ञानेन्द्र मल्लले १५ बलमा १५ रन मात्र जोड्न सके । ओपनर आशिफ शेख र कुशल भुर्तेल क्रमशः ४ र ५ रनमा आउट भए । ओमानका लागि खवार अलिले सर्वाधिक तिन विकेट लिए । बिलाल खानले दुई तथा फायाज बुटले र जिसन मक्सुदले समान एक विकेट लिए ।

प्रतिक्रिया

लेखकको बारेमा

सन्देश बस्नेत

डा. खिमलाल देवकोटा संघीयता र योजनाविज्ञ हुन् ।